Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसमाथि खनिएका ओलीले, भारतीय जनता पार्टीलाई लगाए यस्ता आरोप

अर्थ सरोकार

कञ्चनपुर  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका छन् ।
‘एमाले र माओवादी केन्द्रले चुनावका लागि तालमेल गरेका छौं तर हाम्रो उद्देश्य भनेको कसैले ढाल्न, हल्लाउन नसक्ने पार्टी बनाएर जाने हो’ ओलीले भने, ‘संसदमा दुई तिहाई सहितको सरकार बनाएर जाने हो, त्यो हैसियतमा हामी पुगिसकेका छौं ।’
कांग्रेस नेतृत्वको सरकारले सम्बन्ध बिगार्दा बिगतमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको दावीपनि ओलीले गरे । ‘म सरकार जाँदा कांग्रेस नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेर तीन हप्तादेखि नाकाबन्द थियो’ ओलीले भने, ‘नाकाबन्दी खुल्न समय लाग्यो, तर नाकाबन्दी मैले खुलाएँ ।’
ओलीले नाकाबन्दीलाई आधार बनाउँदै अप्रत्यक्ष रुपमा भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि पनि प्रहार गरे । भारतीय नाकाबन्दीका कारण हिन्दूहरुले पुजा गर्ने गाईलाई दानापानी पनि खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै भाजपामाथि प्रहार गरेका हुन् । – काठमाडौँ टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK