
कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका छन् ।
‘एमाले र माओवादी केन्द्रले चुनावका लागि तालमेल गरेका छौं तर हाम्रो उद्देश्य भनेको कसैले ढाल्न, हल्लाउन नसक्ने पार्टी बनाएर जाने हो’ ओलीले भने, ‘संसदमा दुई तिहाई सहितको सरकार बनाएर जाने हो, त्यो हैसियतमा हामी पुगिसकेका छौं ।’
कांग्रेस नेतृत्वको सरकारले सम्बन्ध बिगार्दा बिगतमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको दावीपनि ओलीले गरे । ‘म सरकार जाँदा कांग्रेस नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेर तीन हप्तादेखि नाकाबन्द थियो’ ओलीले भने, ‘नाकाबन्दी खुल्न समय लाग्यो, तर नाकाबन्दी मैले खुलाएँ ।’
ओलीले नाकाबन्दीलाई आधार बनाउँदै अप्रत्यक्ष रुपमा भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि पनि प्रहार गरे । भारतीय नाकाबन्दीका कारण हिन्दूहरुले पुजा गर्ने गाईलाई दानापानी पनि खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै भाजपामाथि प्रहार गरेका हुन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्