
झापा – प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लाको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसबीच हुने भनिएको चुनावी तालमेल भाँडिने निश्चित भएको छ। पार्टी गठबन्धनमा भएको सहमतिअनुसार उक्त क्षेत्र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई दिने भनिए तापनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि छोड्न नमानेपाछी अन्तत लिङदेनले वाम, गठबन्धनमा सामेल भएर सिटौलासंगै चुनावी प्रतिस्पर्धामा होमिने भएका हुन् ।
झापाका यी दुवै नेता प्रभावशाली भएकाले निर्वाचन परिणाम कसको पक्षमा आउने हो भन्ने कौतुहलता मतदाताबीच बढेको छ । बाम गठबन्धनले झापा ३ मा राप्रपालाई सघाउने निर्णय नै गरिसकेको छ । गठबन्धनको यो निर्णयपछि सिटौलालाई चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यो क्षेत्रमा केचनाकवल,हल्दीबारी र बाह्रदशी गाउँपालिकासँगै भद्रपुरको वडानम्बर १ देखि ८ सम्म र विर्तामोड नगरपालिकाको वडानम्बर १० पर्छ । गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रबाट एमालेले १९ हजार ८ सय ८० मत पाएको थियो भने कांग्रेसले २०हजार ५४४ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले ९ हजार ५८८ मत पाएको थियो भने राप्रपाले १४ हजार १०८ मत पाएको थियो । त्यसैगरी संघीय समाजबादी फोरमले ७८६ मत पाएको थियो ।
यहि आधारमा अहिले एमाले, माओवादी र राप्रपाको मत जोडदा ४३ हजार ५७६ हुन्छ । जबकी कांग्रेस र अरु तीनदलबीचको मतअन्तर नै २३ हजार ३२ हुन आउछ । उक्त मतान्तरलाई घटाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि सिटौलाले अत्यन्तै ठूलो कसरतको पहाड फोर्नुपर्ने देखिन्छ। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्