
गोरखा – गोर्खाको निर्वाचन क्षेत्र-२ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ। गोरखा नगरपालिका-११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयले जनाएका छन्।
गाेरखामा दुई हेभिवेट नेताहरू डा बावुराम भट्टराई र माअाेवादी केन्द्रका नारायकमजी श्रेष्ठ चुनावि मैदानमा छन् । यश क्षेत्रका करिब ६८ मतदान केन्द्र अतिसंवेदनशिलमा छन् ।
पुल नजिकै कुकर बम पड्किएकाे स्थानीयलाई उद्वत गर्दै प्रहरीले जनाएकाे छ । घटनाबाट केही वरपर निर्वाचन प्रचारप्रसार भइरहेको थियाे। जिल्ला सुरक्षा समितिका अनुसार नेत्रचन्द्र बिप्लव नेतृत्वको नेकपाले बिस्पाेट गराएकाे अनुमान गरिएकाे छ ।
घटनाकाे थप विवरण अाउन बाँकि छ । जिल्ला प्रहरी कार्यलय गाेरखा प्रमुख प्रहरी उपरिक्षक प्रकास अधिकारीका अनुसार अहिले यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्