×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत र अन्य देशबाट आयात हुने ‘कुरकुरे’ नेपालमा ‘ब्याण्ड’ गर्न अदालतको आदेश !

PRIME CA

भारत र अन्य देशबाट आयात हुने ‘कुरकुरे’ नेपालमा ‘ब्याण्ड’ गर्न अदालतको आदेश !

९ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भारतबाट र अन्य देशबाट आयात हुने कुरकुरे नेपालामा ब्याण्ड हुने भएको छ । विदेशबाट आयात हुने कुरकुरे आयातमा रोक लगाउन पाटन उच्च अदालतले आदेश दिएपछी नेपालमा भारत र अन्य मुलुकबाट आउने कुरकुरे ब्याण्ड हुने भएको हो । 
नेपालमा दुगड स्पाइस एण्ड फूड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहु मिल्ने कुरकुरे नामकै खाद्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयातमा रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो । रिटमा सुनुवाई हुँदै अदालतले दुगडका पक्षमा फैसला गरेपछि अन्तत: नेपालमा भारत र अन्य देशबाट आउने कुरकुरे ब्याण्ड हुन लागेको हो । 
अदालतको आदेशपछी नेपालमा अव कुरकुरे आयातमा प्रतिबन्ध लाग्नेछ भने अव नेपालमा विदेशबाट आउने कुरकुरे बेच्न पाइने छैन । नेपालको उत्पादनसँग हुबहु मिल्ने अन्य यस्तै खाद्य सामाग्री पनि नेपालमा विक्री भइरहेका छन्। कुरकुरे भने नेपालमा आयातमै प्रतिबन्ध लाग्ने भएपछि नेपालमा अव पाइने छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: