
कैलाली – निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल प्रहरीले कैलालीमा ज्यादती गरेको छ । जनताको सुरक्षार्थ र अमनचयनका लागि खटिनुपर्ने प्रहरीले यतिबेला उल्टै जनतामाथि ब्यापक दमन गरेको प्रमाण फेला परेको छ ।
कैलालीको लम्कीस्थित मध्यराति १० बजे गाउँ पसेर प्रहरीले एक स्थानीय महिलामाथि निर्घात कुटपिट गरेको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा लम्कीकी ध्रुव सञ्ज्यालको घरको धोका ढकढक्यार धरपकड गर्न खोजेपछि परिवारले छिमेकीलेलाई गुहारेका थिए । सञ्ज्याललाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रहरीको प्रतिकारगरेका थिए ।
सोहि क्रममा स्थानीय र प्रहरीबिच झडप समेत भएको छ। सञ्ज्यालले बिनाकसुर मध्यरातमा प्रहरी थाना जान अस्वीकार गरेपछि उनलाई प्रहरीले छिमेकीकै अगाडी निर्घात कुटेको बहिनि ताराले जानकारी दिइन ।
प्रहरीको कुटाइबाट सञ्ज्याल र उनकी नाबालिक छाेरी गम्भीर घाइते भएकी छिन । घाइते दुबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
उनको शरीरमा पुरै निलडाम देखिएको असपतालले जनाएको छ । मध्यरातमा गाउँ पसेर जनतामाथि ज्यादती गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले यसप्रकारको प्रहरी ज्यादती र मनपरी नरोकिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सञ्ज्याल नेपाल कम्युनिष्ट पार्टीकी जिल्ला सदस्य समेत हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्