
कैलाली टीकापुर घटनाका आरोपित तथा कैलाली–५ का प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको दावी गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका थारु टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा छन्।
कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वामगठबन्धनका नारदमुनि रानाप्रति एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसका उम्मेदवारसँग मात्र भएको दावी गरे।
कारागारभित्र बसेर चुनाव लड्नु परेपनि आफ्नो जित सुनिश्चित भएको समेत दाबी समेत थारुले गरे। थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि आफू रगत पसिना बगाएर लडिरहेको र निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे।
‘जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार गर्न नपाएकामा दुखी छु’ थारुले भने, तर सयौं शुभेच्छुक, स्वयंसेवक साथीहरु मेरो प्रचारप्रसारमा अहोरात्र लागिपर्नु भएको छ। यसले गर्दा धेरै खुसीपनि छु।’
चुनावी प्रचारप्रसारका विषयमा राखिएको जिज्ञाशामा थारुले भने, ‘बिहान ९ देखि ४ बजेसम्म फोनमार्फत आफैले प्रचारप्रसार गरिरहेको र महिला, भलमन्सा, उद्योगी लगायतका करिब २६ वटा टोलीले विभिन्न कार्यक्रममार्फत् प्रचारप्रसार गरिरहेका छन्।’
बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म दैनिक १ सय ५० जना भेटघाटका लागि कारागार आउने गरेको बताउँदै थारुले जनताले प्रत्येक गाउँ–गाउँबाट दैनिक रु ४० हजारदेखि एक लाख ५० हजारसम्म उठाएर प्रचारप्रसारलाई तीब्रता दिएको दावी गरे। आफ्नो मुख्य एजेण्डा ७ नं प्रदेशको प्रादेशिक राजधानी धनगढीलाई बनाउने रहेको पनि थारुले बताए।
विगत २७ महिनादेखि कैलाली कारागारमा रहेका थारुले चुनावी प्रचारप्रसारका लागि अहिलेसम्म जनताबाट रु १० लाख सहयोगसमेत पाएको जानकारी दिए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्