
काठमाडौँ – लेबननका प्रधानमन्त्री साद उल हरिरीले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो ज्यान जोखिमा परेको भन्दै राजीनामा दिएका हुन् । उनको कदमलाई अप्रत्याशित मानिएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार प्रधानमन्त्री हरिरीले साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलन गरेर शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे । उनले इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए ।
सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबननमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको बताए ।
हरिरीको पछिल्लो धारणा बेरुतबाट नभई साउदी अरेबियाबाट आउँदै गर्दा त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्