Skip to content
LAXMI SUNRISE BANK

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’, सानीमाको यस्तो सपना तुहियो !

अर्थ सरोकार

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त भएका छन् । कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ। समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्।
मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् । सिटिजन लाइफले कार्तिक २ गतेदेखि कारोबार थालेको थियो। कम्पनीका २५ शाखा छन्।
यद्यपी यो सम्झौताले सानीमा बैंकलाई भने घाटा लाग्ने देखिएको छ । सानिमा बैंकको  ब्राण्ड एम्बेस्डरपनि मह जोडी नै भएकाले सानीमालाई समस्या पर्ने देखिएको छ । छिट्टै नै बजारमा आउन लागेको सानीमा लाइफ इन्सुरेन्सको  ब्राण्ड एम्बेस्डरपनि मह जोडीलाई नै बनाउने तयारी भएका बेला सिटिजन लाइफ इन्स्योरेन्सको  ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त गरिएपछि सानीमाका लागि त्यो चुनौती बनेको जानकारहरु बताउँछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK