
काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त भएका छन् । कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ। समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्।
मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् । सिटिजन लाइफले कार्तिक २ गतेदेखि कारोबार थालेको थियो। कम्पनीका २५ शाखा छन्।
यद्यपी यो सम्झौताले सानीमा बैंकलाई भने घाटा लाग्ने देखिएको छ । सानिमा बैंकको ब्राण्ड एम्बेस्डरपनि मह जोडी नै भएकाले सानीमालाई समस्या पर्ने देखिएको छ । छिट्टै नै बजारमा आउन लागेको सानीमा लाइफ इन्सुरेन्सको ब्राण्ड एम्बेस्डरपनि मह जोडीलाई नै बनाउने तयारी भएका बेला सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त गरिएपछि सानीमाका लागि त्यो चुनौती बनेको जानकारहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्