×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको एकैदिन चार नयाँ शाखा, अरु पनि छिट्टै थपिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको एकैदिन चार नयाँ शाखा, अरु पनि छिट्टै थपिने !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- महालक्ष्मी विकास बैंकले बिहीबारबाट चार शाखा सञ्चालनमा ल्याउने भएको छ। बैंकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकैसाथ कारोबार थाल्न लागिएको हो । 
यी चार शाखा बिस्तारपछि महालक्ष्मी बैंक सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा बैकिङ शाखा खोल्ने राष्ट्रिय स्तरको पहिलो बैंक बन्नेछ ।
नयाँ शाखाहरुसहित बैँकको शाखा संख्या ७० पुुग्नेछ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले निकट भविष्यमै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालनको तयारी गरिरहेको छ । 
बैंकको कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड निक्षेप र २० अर्ब १२ करोड ऋण लगानी पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी