काठमाडौं – पोखरामामा रहेको पुकार ओभरसिज प्रालिका मालिक खेम बरालमाथि कम्युनिष्ट पार्टीले कारवाही गरेको छ ।
पोखरा सभागृह चोकस्थित ओभरसिज प्रालिको कार्यालयमै पुगेर सोमबार नेकपानिकट युवा जनस्वयमसेवकले उनीमाथि कालोमोसो दलेको हो ।
विदेश पठाइदिने भन्दै अत्याधिक पैसा लिएर युवाहरुलाई दुख दिएको, युवाहरुका पासपोर्ट लिएर महिनौंसम्म फिर्ता नगरेको, महँगो होटलमा अन्तर्वार्ता लिएर त्यसको आर्थिक बोझ विदेश जाने युवायुवतीहरुबाट उठाएको भन्दै नेकपाले उनीमाथि कारवाही गरेको हो ।
त्यस्तै मेडिकलहरुको साठगाठमा (स्वास्थ्य परिक्षण) मेडिकल गर्दा लाग्ने खर्चको बिल धेरै बनाएर पैसा खाएको, नियमविपरित युवायुवतीहरुको पैसा र पासपोर्ट कब्जा गर्ने गरेको उजुरीको आधारमा उनीमाथि कारवाही गरेको सो सङ्गठनले जनाएको छ ।
‘जुरी परेपछि पनि उनलाई यसो नगर्न हामीले सौहार्दपूर्ण बातावरणमा कुरा गर्न खोजेकै हो मान्नुभएन ।’ युवा जनस्वयमसेवकका एक नेताले इमान्दार मिडियासँग भने, – ‘व्यापक उजुरी आको -आई गरेपछि चेतावनीस्वरूप मात्र यो सामान्य कारवाही गरिएको हो ।’
मेनपावर व्यवसायी संघको अध्यक्ष समेत रहेका बारालले यस्ता विकृत रोक्नुको साटो उल्टै गैरकानुनी कार्यमा संग्लन रहेको भन्दै नेकपाले चेतावनीस्वरूप कारवाही गरेको बताएको छ ।
सङ्गठनले बराललाई आफ्ना गल्ति सच्याएर आगामी दिनमा विकृति रोक्न चेतावनी समेत दिदै यसप्रकारका खराब कार्यहरु नगर्न अन्य मेनपावरहरुलाई समेत सुझाएको छ ।
बराललाई कारवाही किन ?

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्