Skip to content
LAXMI SUNRISE BANK

‘फटाहा’ मतदान अधिकृतको हर्कत, रुखमा छाप लगाएका ५० मतपत्रसहित पक्राउ, ५० हजारको डील भएको खुलासा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – निर्वाचन आयोगले सर्वोच्च अधिकार दिएर खटाउने कर्मचारी मतदान अधिकृत नै ‘फटाहा’ परेपछि कसको के लाग्छ ? यस्तै भएको छ नुवाकोटमा । नुवाकोटमा कांग्रेसलाइ जिताउन रुख चिन्हमा छाप लगाएका मतपत्र समेत भेटिएका छन् । 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । रंगेहात समातिएको मतपत्र प्रतिनिधि सभा, प्रदेश सभा र दुवै तर्फका समानुपातिक मतपत्रहरु रहेका छन् ।
मतदान करिब करिब सकिन लाग्दा आइतबार साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए । 
पक्राउ पर्ने अधिकृत बस्नेत काँग्रेस निकट सक्रिय कार्यकर्तासमेत रहेको माओवादी-एमाले गठबन्धनले आरोप लगाएको छ । यस विषयमा थप अनुसन्धान गरेर आवश्यक पहलकदमी लिने निर्वाचन आयोगले जनाएको छ ।

यता उक्त मतपत्रमा रूख छाप हाल्न बस्नेतले कांग्रेसी कार्यकर्ताहरुबाट ५० हजार रुपैयाँ लिएको समेत स्थानीयले आरोप लगाएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK