×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले फेरि गर्यो झुटको खेती, लाजै पचाएर निकालियो यस्तो झुटो विज्ञप्ति !

PRIME CA
GLOBAL IME BANK

मेगा बैंकले फेरि गर्यो झुटको खेती, लाजै पचाएर निकालियो यस्तो झुटो विज्ञप्ति !

५ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंक लिमिटेडले फेरि एक पटक जनतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको छ । कोरम नपुगेपछि विशेष साधारणसभा स्थगित भएपछी सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै झुटको खेती गर्ने प्रयास गरेको हो । विज्ञप्तिमा बैंकले अर्को साधारणसभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शेयरधनीले संचालक समितिलाई अनुमति दिएको दावी बिज्ञप्तिमा गरिएको छ । जुन सरासर झुटो हो ।
सोमबार आर्मी अफिसर्स क्लबमा बसेको साधारणसभाका लागि उपस्थित सहभागी अधिकांश सेयरधनी मर्जरको विपक्षमा थिए । तीनै सेयर धनीले उक्त सभामा टुरिजम डेभलपमेन्ट बैंकसँगको सेयर स्वाप रेसियोको बिषयमा आपत्ति जनाएका थिए । केहिले मात्र मर्जरमा जान ठिक हुने बताएका थिए ।  डिडिएको क्रममा आएको १०० बराबर ९१.९७ कित्ताको सेयर स्वाप रेसियो मात्र स्वीकार हुने कुरा आएपछि यो विषयले ठुलो रुप लिएको थियो । साधारणसभाको अधिकांस समय झैँझगडा र आरोप प्रत्यारोपमा वितेको थियो ।
बैंकको विशेष साधारणसभामा लफडा निम्तिएको अधिकांसलाई थाहा हुँदा हुँदै पनि जनताको आँखामा छारो हाल्ने प्रयास बैंकले गरेको छ । उक्त विज्ञप्तिले बैंकले लगानीकर्तालाई कतिसम्म छलकपट गर्न खोज्दोरहेछ भन्ने पनि स्पष्ट भएको छ । अझ रमाइलो कुरा त के हो भने उक्त विज्ञप्तिपनि मेगाले आफ्नो पक्षमा समाचार लेख्नेहरुलाई मात्र पठाएको थियो । बैंकले वैंकभित्रको लफडाबारे समाचार लेखिरहेको अर्थ सरोकार डटकमलाई उक्त विज्ञप्ति पनि पठाएन । यसले पनि बैंकको दरिद्र मानसिकतालाई स्पष्ट पारेको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: