×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगाका लगानीकर्तालाई खुसीको खबर, मेगा र टुरिजम मर्ज नहुने सम्भावना यसकारण अधिक !

PRIME CA

मेगाका लगानीकर्तालाई खुसीको खबर, मेगा र टुरिजम मर्ज नहुने सम्भावना यसकारण अधिक !

१ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय सर्वाधिक विवादित बैंक बनेको मेगा बैंक र टुरिजमको मर्जरसँगै घाटा बेहोर्नु पर्ने चिन्तामा रहेका मेगाका लगानीकर्ताहरुलाई खुसीको खबर छ । कानुनी रुपमै मर्जर प्रक्रिया अगाडी नबढ्ने भएपछि मेगा र टुरिजम मर्ज नहुने सम्भावना बढेको छ । कानुनत : विशेष साधारणसभामा उपस्थित  २५ प्रतिशत भन्दा बढीले नमानेमा विशेष प्रस्ताव पारित नहुने तथा ५१ प्रतिशत प्रोक्सी नपुगे विशेष साधारण सभानै नहुने नियम छ । यो मर्जर नगराउन लागि परेका संचालक र सेयर धनीहरु यी दुवै विकल्पका लागि तयार भएपछि अन्तत मर्जर नहुने सम्भावना बढेको हो । आउँदो सोमबार अर्थात मङ्सिर ४ गते आर्मी अफिसर्स क्लबमा मेगाको विशेष साधारणसभा बस्दैछ।   
यस्तो छ मर्जर हुन नदिने र गराई छाड्नेबीचको तयारी 
टुरिजम र मेगा मर्ज हुँदा मेगाका लगानीकर्ताहरुलाई घाटा हुने कुरामा दुइमत छैन । त्यहि भएर पनि मेगाका सेयरधनीहरु यो मर्जर हुन नदिन लागि परेका छन् । मेगाका एक सञ्चालक सकेसम्म ५१ प्रतिशत प्रोक्सीनै नपुर्याउने सकसमा लागेका छन् भने विशेष साधारणसभा सुरु भएको खण्डमा पनि २५% लाई यो प्रस्तावको विपक्षमा बोल्न लगाएर यो मर्जर हुन नदिने तयारीमा छन् । यसो त यो मर्जर कुनै पनि हालतमा गराई छाड्नेहरुको तयारी पनि कमजोर भने छैन । मेगाका २ संचालकबाहेक सबै संचालकहरु मर्जरकै पक्षमा छन् । उनीहरु ५१ प्रतिशत प्रोक्सी पुर्याउन एकातर्फ लागिरहेका छन् भने अर्कोतर्फ मेगाको विशेष साधारणसभामा मर्जरका पक्षमा बोल्नेहरुलाई जुटाईरहेका छन् ।    

हुलदुङ्गाको समेत तयारी, सुरक्षा व्यवस्था कडा पारिने 
यता मर्जर कुनै पनि हालतमा रोक्न सकेसम्म विशेष साधारण सभानै सुरु हुन नदिने, सुरु भएपनि २५% पुर्याएर सो मर्जर रोक्न खोज्ने र २५% हुँदा हुँदै पनि जवर्जस्ती गर्न खोजे जे पनि हुने भन्दै लगानीकर्ताहरुले तयारी गरेका छन् । उस्तै परे उक्त दिन बैंकका संचालकहरुलाई भौतिक आक्रमणसमेत गरी यो मर्जर प्रकरणलाई राष्ट्रिय विषय बनाउने भन्दै लगानीकर्ताहरु तातेका छन् । मेगाका अधिकांस लगानीकर्ताहरु यो मर्जर नहोस् भन्ने कामना गरिरहेका छन् ।  यसो त यो मर्जर भएको खण्डमा मेगाका सेयर धनीहरुलाई घाटा हुने कुरामा पनि कुनै शंका छैन । टुरिजम डेभलोपमेन्ट बैंकका सेयरधनीहरु भने यो मर्जर कुनै पनि हालतमा होस् भन्ने कामना गरेर बसेका छन् । मङ्सिर ४ गते आर्मी अफिसर्स क्लबमा जे पनि हुन सक्ने भएपछी सुरक्षा व्यवस्था पनि कडा पारिएको बुझिएको छ । अझ लगानीकर्ताले भौतिक आक्रमणको समेत प्रयास गर्ने कुरा सामाजिक संजालमार्फत छरपष्ट भएपछी सुरक्षा सतर्कता अझै बढाईएको छ ।          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: