
काठमाडौँ- मेगा बैंकको विशेष साधारण सभा पुष ४ गते हुने भएको छ । आज विभिन्न पत्रपत्रिकामा सुचना जारी गर्दै बैंकले आगामी पुष ४ गते विशेष साधारण सभा बोलाएको हो ।
आवश्यक प्रोक्सी त्यतिबेलासम्म पुग्ने र पछिल्लो समय मर्जर भाँड्न दोहोरो भूमिका खेलेको आरोप लागेका बैंकका सीइओ अनिल शाहपनि सेन्चुरी जाने भएपछी ४ गते विशेष साधारण सभा बोलाइएको हो । यो विशेष साधारणसभामा बैंकको सीइओका हैसियतले अनुपम खुन्जेली रहने बुझिएको छ । पछिल्लो समय बैंकको पूरै संचालक समिति अनिल शाह विरुद्ध लागेको छ । बैंकलाइ जहिले पनि विवादमै राख्ने र सोचेजस्तो प्रतिफल नदिने भएपछि शाहको चर्को विरोध हुने गरेको छ ।
शाहको विरोध यतिसम्म भएको छ कि बैंककै कतिपय संचालकले सीइओले गरेका कतिपय गलत कामबारे खुलेर नै बाहिर विवाहका पार्टीदेखि पत्रकारसंगको भेटघाटमा भन्न थालेका छन् । गत मङ्सिर ४ गते बसेको विशेष साधारण सभा कोरम नपुगेर स्थगित भएपछी अनिल शाहलाई असफल सीइओको रुपमा विश्लेषण गर्न थालिसकिएको छ । शाहलाई उक्त आरोपको खण्डन गरेर मर्जर गरेरै मेगाबाट बाहिरिने मौका पनि अन्तत: बैंकले नदिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्