
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मेगा बैंकको मर्जर विवाद उत्कर्षमा पुगेको छ । सञ्चालकबीच नै मर्जरको विषयलाई लिएर चरम विवाद उत्पन्न भएपछी राष्ट्र बैंकले छलफलका लागि मेगाका सञ्चालकहरुलाई राष्ट्र बैंकले बोलाएको छ । मेगाकै सञ्चालक बैंकभित्र मर्जरको प्रकरणलाई लिएर पटक-पटक राष्ट्र बैंक पुगेपछि राष्ट्र बैंकले छलफलका लागि बिहिबार राष्ट्र बैंकले मेगा बैंकका सञ्चालकहरुलाई छलफलका लागि बोलाएको हो ।
संचालकबीच नै पोल खोलाखोल सुरु !
यसैबीच संचालकहरुको चरम विवादपछी मेगा बैंकका संचालकबीच नै पोल खोलाखोल सुरु भएको छ । मेगा बैंकका संचालक चेत नारायण पाण्डे अर्थात सीएन पाण्डे केहि समयअघि नेपाल राष्ट्र बैंकको नियम अनुसार ‘अयोग्य’ भएर पनि सिंगो सिष्टममाथि धावा बोल्दै संचालक पदमा बसीरहेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको खबर छ । ‘उनले केहि समय अघि नै राजीनामा दिनुपर्थ्यो । हालका लागि उनी अयोग्य नै छन् । तर अयोग्य भएर नै मेगामा बस्ने अनि ५ बर्ष पुर्याउने लक्षका साथ उनी मेगामा बसीरहेका छन् । उनी म निर्वाचित भएको हुँ, साधारणसभा आएपछि छोड्छु भनेर बसीरहेका छन् । निर्वाचन आउने समयसम्म उनको ५ बर्ष अनुभव पुग्छ । बाफियालाई ठाडो चुनौती दिंदै उनी पदमा बसीरहेका छन् ।’ उजुरीमा उल्लेख छ । यता मर्जर हुनुपर्ने भन्दै लागि परेका सञ्चालकहरुले बैंकभित्रकै केहि संचालकहरुले बैंकको स्वार्थ्य भन्दा पनि केहि संचालकहरु व्यक्तिगत स्वार्थ्यामा लागेको भन्दै खुलेआम भन्दै हिंडेका छन् ।
मर्जर हुनेमै शंका !
यता संचालकहरुको विवाद चरम उत्कर्षमा पुगेपछि टुरिजम र मेगाको मर्जर हुनेमै शंका उत्पन्न भएको छ । संचालकको चरम विवाद, अनिल शाहले यहि बेला मेगा छोड्नु, र मर्जर समितिमा रहेकाहरुकै योग्यतामा प्रश्न उठेपछि मर्जर भाँडीने शंका भएको हो । ‘मर्जर हुनेमै शंका बढ्न थालेको छ । केहि संचालकहरु हात धोएर लागेका छन् । मर्जर भएन भने सबैका लागि दुर्भाग्यपूर्ण हुनेछ ।’ मेगाका एक संचालकले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्