×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२० तस्विरमा हेर्नुहोस् ‘कोरम’ नपुगेर स्थगित भएको मेगा बैंकको विशेष साधारण सभा ! (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंक र टुरिजम डेभलोपमेन्ट बैंक मर्ज गर्ने प्रस्ताव पास गर्न बोलाइएको विशेष साधारण सभा स्थगित भएको छ । एकातर्फ विशेष साधारणसभाका लागि आवश्यक पर्ने ५१ प्रतिशत कोरम नै नपुग्दा बैंकको विशेष साधारणसभा बस्न सकेन भने अर्कोतर्फ उच्च अदालतमा उक्त विशेष साधारणसभा रोक्नका लागि दायर भएको रिटमाथिको बहस नसकिएको कारणले पनि उक्त विशेष साधारणसभा सम्पन्न हुन सकेन ।
मेगा र टुरिजम मर्ज हुँनै हुँदैन भन्ने संचालक दीपेन्द्र अग्रवाल र उनका पक्ष र मर्ज हुनै पर्छ भन्ने विशेषगरी टुरिजमका लगानीकर्ताहरु बीच पटक पटक विवाद भयो विशेष साधारणसभा परिसरमा । मेगा र टुरिजम मर्ज गरे दुवै बैंकलाई राम्रो हुने धारणा मेगाका अन्य संचालक र सीइओ अनील शाहले राखे भने मेगा मर्जर हुँदा कसरि घाटा हुन्छ भन्ने तथ्य संचालक दीपेन्द्र अग्रवालले राखे ।
संचालक, सीइओ र लगानीकर्ताले पटक पटक छलफल गरे, झगडा गरे, भनाभन गरे । तर अहँ कोरम नै नपुगेपछि कसको के लाग्छ र ? अन्तत मेगा र टुरिजम मर्ज हुने प्रस्ताव पास हुन सकेन । मेगा बैंकको विशेष साधारणसभा हेर्दै टिठलाग्दो थियो । नेपालको इतिहासमै पहिलो पटक कोरम नपुगेर स्थगित भएको विशेष साधारणसभा थियो यो । हेरौं साधारणसभामा देखिएका केहि देखिनै पर्ने, कहिँ नदेखिएको भए हुने र केहि हेर्दा हेर्दै देखिएका दृश्यहरु :        
मेगाको विशेष साधारणसभामा अर्थ सरोकार डटकमको क्यामरामा जुन तस्विर कैद भयो, त्यो एक हिसावले रमाइलो थियो । मर्जरको विपक्षमा रहेका दीपेन्द्र अग्रवालसँगै आएका केहि अन्य व्यक्तिहरु हेर्दै बलिया देखिन्थे ।कतिले त अग्रवालले सुरक्षाका लागि बाउन्सर ल्याए सम्म भन्न भ्याए । तर अर्थ सरोकारसँगको कुराकानीमा उनले आफुसँगै को आएको थियो भन्ने थाहा नभएको बताए । ‘पब्लिकमा जान के को डर ? के नराम्रो गरिएको छ र डर ?’ उनले भने । यद्यपी उनले भनेजस्तै संयोग नै थियो भने पनि भन्नेहरुले उनले ल्याएका बाउन्सर नै भन्न भ्याए । मेगाको विशेष साधारणसभामा भौतिक आक्रमणको समेत प्लान भएको चर्चा बाहिर आएको थियो ।     
टुरिजमका लगानीकर्ताहरुलाई आज मर्जर हुन्छ भन्ने थियो । मेगाका लगानीकर्ताहरुले पनि विवाद त हुन्छ तर मर्जर हुन्छ भन्ने थियो । तर विशेष साधारणसभाको पर्खाइमा लामो समय बसेपनि सभा सुरु हुन सकेन ।
   
 
के भयो ? मर्जर भयो ? बैठक सुरु भयो ? अव के हुन्छ ? भएन ? सबैका मोबाइल व्यस्त देखिन्थे ।
 
मेगा बैंकको विशेष साधारण सभामा आएका मेगा कलेजका विद्यार्थीहरुलाई भने छुट्टै रौनक थियो । उनीहरुले पढेको साधारणसभा कस्तो हुँदो रहेछ भनेर हेर्न आएका उनीहरु त्यसलाई आफ्नो क्यामरामा कैद गर्न व्यस्त देखिन्थे ।
  
 
लगानीकर्तामा खास उल्लास थिएन । खुसी अनुहारहरु कम देखिन्थे ।
  
 
पटक पटक स्टेज अगाडी हो होल्ला भयो । मर्जरको पक्षमा र विपक्ष दुबैमा आफ्ना कुराहरु राखे लगानीकर्ताहरु । तर कोरम नपुगेको पीरले अधिकांसमा तनाव र राहत थियो।  
  
 
सभामा पुगेका मेगाका लगानीकर्ताहरुलाई पटक पटक सभा सुरु हुँदैछ भन्ने जानकारी दिइयो । त्यसैको पर्खाइमा उनीहरु बसीरहे । कहिले भित्र कहिले बाहिर गरेर पनि उनीहरुले पर्खन छोडेनन् ।
   
 
पत्रकारलाई यहि विषय क्यामरामा कैद गर्नु थियो । मेरो लगानी डटकम छोडेर सेयर लगानी डटकम खोलेका चर्चित पत्क्रार तिलक कोइरालाले स्टेजको फोटो खिचेको तस्विरपनि अर्थ सरोकार डटकमको क्यामरामा कैद भयो ।  
 
निकै टिठलाग्दो थियो विशेष साधारणसभा । खाली भाषण मात्र । सभा सुरु नै भएन ।
   
 
पर्खाइ लामो रह्यो । अव आईसकेपछी भाषण गर्नेहरुले गरेपछि, सुन्ने पनि पर्यो । लगानीकर्ताहरु सुनिरहे ।
   
 
मेगाका प्रतिनिधिहरुले बोले । सुन्ने कम थिए र पनि बोल्ने बोलेराहे ।
  
 
मेगा बैंकको विशेष साधारण सभामा मेगा सुन्दरीहरुको कम थिएन । साधारणसभा जे भएपनि उनीहरुले आफ्नो कर्तव्य गर्नु थियो गरे ।
  
 
मेगा बैंकको साधारण सभामा स्वयम् सेवकको रुपमा बसेका हरुको रमाइलो के थियो थाहा भएन । तर उनीहरु खुब खुसी देखिन्थे ।
  
 
अनिल शाह बोल्न सुरु गरे । उनले अधिकांस समय आफ्नै बखान गरे । टुरिजमसंगको मर्जर आवश्यक भएको तर्क राखे । यसो त मेगामा हुँदा पनि उनलाई मेगाको कम र टुरिजमको सीइओ बढी भएको आरोप लागेको थियो । सुन्नेहरु कम भएपनि उनले लामै बोले । बोल्नका लागि उनी निकै माहिर पनि छन् ।
      
 
मेगा बैंकमात्र होइन, नेपाली बैंकिङ क्षेत्रका  महिला हस्तीहरु पनि विशेष साधारण सभाको व्यग्र प्रतिक्षामा थिए। 

 
धारणा मिस्रित आए । एक अर्कामा आरोप प्रत्यारोप पनि भयो । तर कोरम नै नपुगेपछि कसको के लाग्दोरहेछ र ?  
पटक पटक छलफल भयो, तर निष्कर्ष आएन । 
अन्तत केहि सीप नलागेपछि लगानीकर्ता र पत्रकार बाहिरिए । मेगाले इतिहासको कालो धब्बा बनाएर गयो। 
अल्छी लागेपछि के गर्नु ? सभा सुरु नै नभएपछी के गर्नु ? लगानीकर्ताहरु सुतेको दृश्य पनि कम रोचक थिएन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: