×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको विशेष साधारण सभा : सञ्चालक र कर्मचारी मोबाइलमै व्यस्त, लगानीकर्ता निन्द्राले ‘भुस’ ! (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालको इतिहासमै पहिलो पटक कोरम नपुग्दा विशेष साधारण सभा नबसी टुंगिएको विशेष साधारण सभा बन्यो मेगा बैंकको विशेष साधारण सभा । टुरिजम डेभलोपमेन्ट बैंकसँग मर्जरको प्रस्ताव पारित गर्न बस्ने भनेको विशेष साधारणसभा सुरु नै नभई विवाद र चर्को आलोचनामा त सकियो नै, मेगाको नेतृत्व कति असफल र कति अपरिपक्व रहेछ भन्नेसमेत आंकलन गरे लगानीकर्ताहरुले ।  लगानीकर्ताहरु उल्लेखनीय रुपमा नआउँदा ५१ प्रतिशत प्रोक्सी पुग्न सकेन । यता अदालतमा समेत मेगा बैंक विरुद्ध मुद्धा परेको थियो र विशेष साधारण सभाकै दिन अदालतमा पैरवी चल्दै थियो ।
अहिले सुरु होला भन्यो छैन । एकछिन् पछी सुरु होला भन्यो छैन । अव त होला होला भनेजस्तो भयो, र पनि भएन । अन्तमा कोरम नै नपुगेपछि मेगाको विशेष साधारणसभा बस्न सकेन । दिनभर हलमा बस्नु वा जे कामका लागि भनेर आएको त्यो नहुँदा कुरेर बस्नु कम्ती झ्याउँ काम होइन । यो बीचमा केहि लगानीकर्ताहरु त हलमै निन्द्राले ‘भुस’ भए । हलमा थोरैमात्र मान्छे थिए । थोरैका बीचमा अरु थोरै निदाईसकेका थिए । बाँकी मोबाइलमै व्यस्त थिए । बाहिर विवाद नै विवाद चलिरहेको थियो । यसैबीच मेगा बैंकको विशेष साधारणसभामा केहि असाधारण दृश्यहरु देख्न सकिन्थ्यो ।  
साधारण सभा आज लगभग हुँदैन भन्ने निस्चयमा पुगेका मेगाका कर्मचारी देखि संचालकसम्म फोनमै ब्यस्त थिए । यसो त विशेष चासोका साथ हेरिएको यो विशेष साधारण सभा सफल पार्न बैंक नेतृत्वले ठुलो कसरत गरेको थियो । त्यहि कारणपनि फोनमा उनीहरुको व्यास्तता राम्रै देखिन्थ्यो । संचालक गोपाल खनाल, मदन आचार्य, दिपेन्द्र अग्रवाल, कर्मचारीहरु रविना देशराज श्रेष्ठ, अनिल शाह लगायतपनि फोनमा व्यस्त देखिन्थे । यहि बेला अल्छी लागेर लगानीकर्ताहरु हलमै निदाएको दृश्य पनि देखिन्थ्यो ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: