Skip to content
LAXMI SUNRISE BANK

तपाँइलाई थाहा छ, ‘मिस वल्र्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ?

अर्थ सरोकार

काठमाडौं । तपाँइलाई थाहा छ, ‘मिस वर्ल्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ? यो ‘मिस वर्ल्ड’ प्रतियोगिताको उपाधि चुम्नका लागि विश्वभरिका सुन्दरीहरुले निकै मेहनत गर्ने गर्छन् । तर, यस मानेमा तपाईंलाई थाहा छैन की त्यस मेहनतको मूल्य कति हुन्छ ?
हामीले ‘मिस वर्ल्ड’को ताज जित्ने विश्व सुन्दरीले पाउने पुरस्कारको कुरा गरिरहेका छौं । विदेशी मिडियाहरुको रिपोर्टलाई मान्ने हो भने ‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ। यसबाहेक उपाधि जित्ने युवतीले राम्रो धनराशी पाउने गरेका छन्। उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्।
संसारकै सुन्दरीको उपाधि जितेबापत युवतीहरुले करौडौं रुपैयाँ कमाउने गरेका छन् । ‘मिस वर्ल्ड’ भएपछि ठूलो ब्रान्डको प्रायोजनबाट हुने कमाइ छुट्टै हुन्छ।
ताज र पैसाबाहेक पनि उनीहरुलाई ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK