
काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ४ मा सरकारी बजेटमा स्वीमिंङ पूल निर्माण भाईरहेको छ । वर्तमान सरकारका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको घर संगैको कम्पाउण्डमा उक्त स्वीमिंङ पूल र काउन्टर पार्ट वाल ४ करोडको लागतमा बन्न लागेको हो।
यसरी सरकारी कोषको बजेटबाट सोही सरकारका मन्त्रीकै आँगनमा निर्माण भइरहेको संरचनामा व्यापक घोटाला र अनियमितता भएको पाइएको छ। मन्त्रीले पदको दुरुपयोग गरी ग्रामीण वस्तीमा स्वीमिंङ पूल निर्माण गर्ने निर्णयको स्थानीय स्तरबाट आएको व्यापक गुनासोको समेत परवाह नगरी बस्नेतले आफ्नै घरनजिक संरचना बनाउन सरकारी टेन्डर आहवान गर्न निर्देशन दिएका थिए।
बन्धन भगवती निर्माण कम्पनी र लुम्बिनी बिल्दर्सले काम सुरु गरेको संरचना निर्माणमा सामानहरु समेत कमसल प्रयोग गरेको पाइएको छ। टेन्डर आहवानको सम्झौताअनुसार पर्खालको लागि ३२ को ९ वटा रड प्रयोग गर्नुपर्ने थियो तर अहिले तस्वीरमा हेर्दा ६ वटा मात्र रड प्रयोग गरिएको पाइएको छ । स्थानीयले गुनासो गर्दा ठेकेदार मुकेश पन्तले मन्त्री त खुसी हुनुहुन्छ,तपाईंहरुलाई के मतलब भन्दै थर्काएको त्यहाँका एक स्थानीयले बताए।
मुख्य विमका लागि ९ वटा रड हाल्नुपर्ने सम्झौता उल्लङ्घन हुँदा नै लाखौँ रुपयाँ घोटाला हुने प्राविधिकहरुले नै बताएका छन्। तर मन्त्री बस्नेतको सचिवालयले भने सामान कमसल प्रयोग गरेको हुनसक्ने भए तापनि यस मामलामा मन्त्रीको कुनै संलग्नता नरहेको बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्