
काठमाडौं – राजनीतिक दलहरुले निर्वाचनका लागि आवश्यक खर्चका लागि उद्योगी व्यवसायीलार्इ चन्दाको दबाब दिन थालेका छन्। संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक खर्चका लागि चन्दाको दबाब आउन थालेपछि उद्योगी व्यवसायी कोही मोबाइल स्वीच अफ गरेर बसेका छन् भने कोही विदेश भ्रमणमा निस्किएका छन्।
‘चन्दाको दबाब थेग्नै नसक्ने छ। शीर्ष नेताहरुले नै फोन गरेर ठूलो रकम माग गरिरहेका छन्।व्यक्तिगत रुपमा चन्दा माग्नेको लर्को छ’ एक उद्योगीले नाम नबताउने शर्तमा भने, चन्दाको दबाब थेग्न नसकेर धेरै व्यवसायी निर्वाचनसम्मका लागि विदेश गएर बस्न थालिसकेका छन्।’
नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनता पार्टी लगायतका निर्वाचनमा होमिएका सबै दलले चन्दाका लागि व्यवसायीलार्इ दबाब दिएका छन्। ती उद्योगीका अनुसार चन्दालार्इ स्वेच्छिकभन्दा दबाब दिएर लिने प्रवृति बढेको छ। ‘चन्दा स्वेच्छिक हुनुपर्ने हो तर यहाँ दबाब दिएर लिने प्रवृति छ’ ती उद्योगीले भने, दबाबका कारण मोबाइल स्वीच अफ गर्ने र विदेश जानुको विकल्प नभएको हो।‘
यो वर्ष स्थानीय तहको निर्वाचन हुँदा पनि चन्दाको दबाब थियो। तर त्यो बेलामा माथिल्लो तहबाट चन्दाको लागि दबाब आएको थिएन। अहिले भने शीर्ष नेताहरुले नै चन्दा माग्ने गरेका छन्। बहालवाला मन्त्रीहरुले समेत व्यवसायीलार्इ फोन गरेर आर्थिक सहयोग गर्न दबाब दिएको ती उद्योगीले बताए। कतिपय व्यवसायीले चेकमार्फत चन्दा दिने र त्यसलार्इ खर्चमा देखाउन पाउने व्यवस्था गर्न दबाब दिएका छन्। तर कुनै पनि राजनीतिक दलले चेकमा चन्दा लिन नमानेको ती उद्योगीले बताए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्