
दाङ- तुलसीपुरमा प्रधानमन्त्रीको कार्यक्रमलाई लक्षित गर्दै भएको शक्तिशाली बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको मृत्यु भएकाे छ । अन्य ८ जना घाइते भएका छन् । बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको छ ।
उपचारको क्रममा बुधबार विहान साढे दुई बजे कोहलपुरमा उनको मृत्यु भएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएका छन् । यता तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यता मृत्यु भएका म्यादी प्रहरीलाई शहिद घोषणा गर्ने प्रस्ताव राखिने बताइएको छ । निर्वाचनका समयमा मृत्यु भएकाले उनलाई शहिद घोषणा गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान लागिएको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्