काठमाडौँ- उज्जन श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्चले फैसला गरेपछी बाल कृष्ण ढुंगेल समातिएको केहि समयपछी प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ ।
कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङ जोगिमाराका मजदुरहरुका आफन्तले देउवा र कटुवालविरुद्ध मुद्दा दर्ता गरेका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री तथा रुक्माङ्गत कटुवाल त्यहाँ कार्यरत सेनाको गुल्म प्रमुख भएका बेला २०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको थियो ।
उक्त कारबाहीमा मृत्यु हुने मजदुरमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमाराबाट काम गर्न गएका मजदुर थिए । घटनामा मारिएका मजदुरका आफन्तले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते नै सर्वोच्च अदालतमा उजुरी दिए पनि हालसम्म फैसला नभएको भन्दै अदालतमा पुनः ध्यानाकर्षण गराइएको जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्