
काठमाडौं – नबिल बैंकले भाईबर बैकिङ सेवाको शुरुवात गरेको छ । यो सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दर/ब्याजदर आदि विभिन्न जानकारी लिन सक्नेछन् ।
ग्राहकहरुले नबिल भाईबर बैकिङद्वारा बैंकबाट जारी गरिएका सूचनाहरु, बैंकका शाखा तथा एटिएमका बारे जानकारी, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका सेवा तथा प्रबर्धन सम्बन्धि जानकारी आदी प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खातामा दर्ता हुनु पर्नेछ ।
“डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै, नबिलभाईबर बैकिङ सेवाले बैंकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्ने र बैंकको प्रबिधिलाई नयाँ उचाईमा पुर्याउन कोशेढुंगा साबित हुनेछ ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्