
गोरखा । नेकपा माओवादी केन्द्रका नेता एबम आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ चुनावी प्रचारप्रसारकै क्रममा लडेर सामान्य घाइते भएका छन्।
सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै उनले स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन् ।
बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ ।गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको लागि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइसंग चुनावी प्रतिस्पर्धा हुँदैछ। श्रेष्ठलाई बाम गठबन्धनको समर्थन रहेको छ भने भट्टराईलाई लोकतान्त्रिक गठबन्धनको।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्