
गोरखा – गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका माओवादी नेता नाायणकाजी श्रेष्ठले सबै वामपन्थी मिलेर एकीकृत कम्युनिष्ट पार्टी बनाउने भन्दै अब देशमा एमाले र माओवादी भन्ने पार्टी नहने बताएका छन् ।
आज गोरखाको अजिरकोट गाउँ पालिकामा बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बिगतमा कम्युनिष्टहरु बिभाजित भएका कारण देश विकास हुन नसकेको बताउदै देश विकासको निम्ति सम्पुर्ण वामपन्थी शक्ति एक भएको बताए । पुसमा वामपंथीहको बहुमतसहितको सरकार बन्ने निश्चित भइसकेको बताउदै श्रेष्ठले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
श्रेष्ठले भुकम्प पीडितहरुको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै घर बनाइसकेका भुकम्प पिडितहरुले राज्यबाट सुबिधा पाउन नसकेको समस्याको बिषयमा पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल भइरहेको बताए ।
उनले जनता सङ्ग सल्लाह गरेर प्राथमिकताको आधारमा जनताको आवश्यकता र समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाए । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्