Skip to content
LAXMI SUNRISE BANK

बाबुरामको लागि हँसिया हथौडामा भोट माग्दै नारायणकाजी !

अर्थ सरोकार

काठमाडौँ – लोकतान्त्रिक गठबन्धनबाट गोरखा २ का उम्मेदवार तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ‘भोट बाबुरामलाई नै हो भन्दै हसिँया हथौडामा भोट हाल्न भनेको सुनिएको’ बताएका छन्।
चुनावी घरदैलो अभियानका क्रममा गोरखाको सुलिकोट गाउँपालिका सौरपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘भोट चाहीँ बाबुरामलाई हाल्ने हो, हसिँया हथौडामा हाल्नुहोला भन्ने गरेको पनि सुनियो। त्यो होइन, म अहिले आँखा चिन्हमा उठेको छु, जुन दुरदृष्टिको प्रतीक हो।’
प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै भट्टराईले भने, ‘केही मान्छेहरु भन्ने गर्छन रे, एक्लो बाबुरामले के गर्छ? चन्द्रमा एक्लैले अन्धकार हटाउँछ, तारा लाखौं भएपनि केही हुँदैन।’भट्टराईले नयाँ शक्ति, कांग्रेस र माओवादीका कार्यकर्तासमेत आफ्नो समर्थनमा रहेको बताए। उनले आफुलाई जसरी पनि हराउन केही हर्कत भइरहेको दावी गर्दै भने, ‘केही साथीहरु झोलामा पेस्तोल बोकेर हिंडेका छन् भन्ने आएको छ, तर म डराउनेवाला छैन।’
धम्क्याएर होइन भोटले चुनाव जित्ने हो भन्दै उनले सबै दल मिलेर आर्थिक विकास र सम्वृद्धितर्फ लाग्नुपर्नेमा बताए।‘बाबुरामले कहिल्यै झुठो बोल्दैन, भ्रष्टाचार गर्दैन’, भट्टराईले भने, ‘दुई बर्ष भइसक्दा पनि भूकम्पले ढलेका घर बनेका छैनन्, स्कूल बनेको छैन। राज्यले एकमुष्ट अनुदान कम्तिमा पाँच लाखका दरले दिनुपर्छ भनेर मैले सुरुमै भनेको थिएँ।’ – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK