म्याग्दी – नेपाल कम्युनिष्ट पार्टीको नाममा पार्टीकै लेटरप्याड प्रयोग गरेर धौलागिरीमा चन्दा आतंक मच्चाउने गिरोह सकृय भएको छ । आगामी मंसिरको चुनाव नजिकिदै जाँदा यस्तो नक्कली गिरोहले नेकपाको नाममा चन्दा उठाएर मालामाल हुने योजना बनाएको छ ।
यसरी नेकपाको नाममा पत्र लेखेर आफ्नो पकड जमाउने र चन्दा उठाउने उक्त गिरोहको मनसाय रहेको नेकपा धौलागिरीले जनाएको छ । पार्टीले सञ्चालान गरेको बहिष्कार अभियानको फाइदा उठाउदै नक्कली चन्दा धन्दा चलाउनेहरुले यस्तो हर्कत गरेको नेकपाको ठहर छ ।
निर्वाचन बहिस्कार अभियानको थालनी गरीरहेको आफ्नो पार्टीको अभियानलाई प्रभावित पार्न केही नक्कली गिरोह सकृय रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीको धौलागिरी ब्युरोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चुनावमा पैसाको चलखेल नगर्न, र निष्कृय भइ बस्न भनि म्याग्दी जिल्लामा नेकपाको लेटरप्याड दुरुपयोग गरेर विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई पत्र पठाएको बिषयमा ब्युरो ईन्चार्ज धुर्ब घिमिरे ‘बिप्लव’ले यस्तो पत्र आफ्नो पार्टीले नकाटेको बताएका छन् ।
बिहिबार सञ्चारकर्मिहरुसंग कुरा गर्दै ईन्चार्ज ‘बिप्लव’ले भने -‘हामीले आगामी मंसिरको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छौं । तर पार्टीको तर्फबाट संसदीय दलका नेता वा कार्यकर्तालाई पत्राचार गरिएको छैन । यसको भ्रममा नपर्न आग्रह गर्दछौ।’
विप्लवका अनुसार केहि दिन यता म्याग्दीका स्थानिय राजनैतिक दलका नेता कार्यकर्ताहरुलाई नेकपाको नामा केही अपराधिक मनोबृती भएका मानिसहरुले निर्वाचनामा पैसा नवाढ्न तथा निष्कृय बस्न भन्दै पत्रचार गरिरहेको पाइएको छ ।
ईन्चार्जको आदेशमा कमाण्डर रोहित भन्दै लेखिएको पत्रबारे बिप्लवले भने- ‘हाम्रो पार्टीमा यस्तो रोहित नाम गरेको मान्छे नै छैन । पत्र काट्न पर्यो भने पार्टीले आधिकारीक रुपमा नै काट्छ तर अहिले नेकपाको नाममा गरिएको पत्राचार झुटो र भ्रामक भएको बताएका छन् ।
साथै ईन्चार्ज बिप्लवले यो पत्र कहाँबाट कसरी र कसले पठाएको छ । त्यसको खोजी कार्य तिब्र पारिएको बताएका छन् । उनले भने आम जनतालाई यस्ता भ्रामक कुराको पछि नलाग्न अनुरोध गरेका छन् ।
त्यस्तै इन्चार्ज विप्लवले आफ्नो पार्टीले त्यस्ता नक्कली पत्र काट्नेको खोजी गरिरहेको र आफ्नो पार्टीको लेटरप्याड दुरुपयोग गरी चिट्ठी लेख्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताएका छन् ।
यस्तो छ नक्कली चिट्ठी

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्