×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८१ वर्ष पुरानो प्रजा परिषद र नेकपा एमालेबीच पार्टी एकीकरण

LAXMI SUNRISE BANK

८१ वर्ष पुरानो प्रजा परिषद र नेकपा एमालेबीच पार्टी एकीकरण

२३ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमाले र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेका हु् । शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे । उनले एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए । प्रजापरिषद् विसं ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी