
काठमाडौं – नेपाल टेलिकमले पछिल्लो समयमा अननोन, नो कलर अाइडी, ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने र रकम माग गर्ने क्रम बढेपछि त्यस्तो नम्बरबाट फोन नउठाउन आग्रह गरेको छ । टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले ग्राहकहरुलाई सचेत गराउन त्यस्तो एसएमएस पठाईएको जानकारी दिए ।
विगत केहि दिनअघिदेखि चिठ्ठा परेको प्रलोभन दिने तथा विभिन्न धम्की दिने जस्ता घट्नाहरु बढिरहेको भन्दै टेलिकमले यस्तो गरिएको जानकारी दिएको छ । सह प्रवक्ता अधिकारीले यस्ता फोनहरु ट्रयाक गर्न सकिने र त्यसको लागि केहि समय लाग्ने बताए । उनले यस्ता फोनहरु विभिन्न नेटवर्कबाट आउने गरेको र हाल कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको बताए ।
यसअघि पनि नेपाल दूरसंचार प्राधिकरणले अपरिचित नम्बरबाट फोन आउने गरेको हुँदा सचेतनाको लागि सार्वजनिक सूचना नै जारी गरेर सचेत गराएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्