×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्सी पसल अगाडी प्रकाशमानको भाषण, झन्डा ओछ्याएर बस्ने कार्यकर्ताको कस्तो अनुशासन ?

PRIME CA

रक्सी पसल अगाडी प्रकाशमानको भाषण, झन्डा ओछ्याएर बस्ने कार्यकर्ताको कस्तो अनुशासन ?

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- घरदैलो अभियानका क्रममा कांग्रेसी नेता तथा केहि कार्यकर्ताहरुले पार्टीको झण्डाको दुरुपयोग गरेको भन्दै चर्को आलोचना भएका बेला एक कांग्रेसी कार्यकर्ताले आफ्नै नेता प्रकाशमान सिंह र आफ्ना केहि कार्यकर्ताहरुको व्यवहार प्रति असन्तुष्टि जनाउँदै झण्डा दुरुपयोगको तस्विर अर्थ सरोकार डटकमलाई पठाएका छन् ।
केहि दिन अघि आयोजित घरदैलो कार्यक्रममा रक्सी पसल अगाडी प्रकाशमानले आफ्ना कार्यकर्तालाई सम्बोधन गरेको, कार्यकर्ताहरु झण्डानै ओछ्याएर बसेको लगायतका तस्विरहरु एक काँग्रेस कार्यकर्ताले अर्थ सरोकार डटकमलाई पठाएका हुन् । तस्विर पठाउंदै उनले लेखेका छन्, ‘नेता र कार्यकर्ताको कस्तो नैतिकता हो यो ? के पार्टीको अनुशासन हुँदैन ? झण्डा बस्नका लागि हो ? के झन्डामा बस्नु गलत होइन ?
साथै उनले रक्सी पसल अगाडी बसेर जनतालाई सम्बोधन गर्नुसमेत गलत भनेका छन् । ‘जनतालाई रक्सी पसल अगाडी बसेर सम्बोधन गर्ने हो ?’ उनले प्रतिप्रश्न गरेका छन् । केहि कार्यकर्ताहरुले गर्दा कांग्रेस जस्तो महान पार्टीको बदनाम भएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् । उनले गरेको चिन्ता कतिको जायज, कतिको नाजायज छुट्याउने जिम्मा तपाईंको नै !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: