
काठमाण्डौ । एनआइसी एशिया बैंकले आइतबार एक साथ देशका तीन भिन्न ठाउँका नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले बाँकेको खजुरा गाउँपालिका वडानम्बर ३ मा, बारबर्दिया नगरपालिका वडानम्बर ६ मगरागडी तथा मोरंगको कानेपोखरी गाउँपालिका वडानम्बर ६, रमाइलो चौकमा समारोहहरुको आयोजना गरी शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।
नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरेका थिए भने रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए ।
उल्लेखित ३ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्