Skip to content
LAXMI SUNRISE BANK

प्रतिबन्धित नक्कली धानको विउ बेच्ने कम्पनी निम्बसमा कर्मचारीले गरे काम ठप्प ! यस्तो छ कारण

अर्थ सरोकार

काठमाडौँ- नियमविपरित कम्पनीले दादागिरी देखाउँदै १३ जना कर्मचारी निकालेको भन्दै निम्बस होल्डिङअन्तर्गतको प्रोजिओकेम इन्डस्ट्रिजमा कामदारले उद्योगको उत्पादन ठप्प पारेका छन् । व्यवस्थापनले दादागिरी देखाएको, आफ्ना साथीहरुलाई विना कारण निकालेको भन्दै उनीहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै कम्पनीमा आन्दोलन सुरु भएको हो । 
यता १३ जनाको लफडाले उद्योगलाई भने ठुलो घाटा भइसेको छ । बाराको परवानीपुर गाउँपालिकामा रहेको उद्योगमा कामदारको हड्तालका कारण भदौ ६ गतेदेखि उत्पादन ठप्प हुँदा १२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको उद्योगीहरुको भनाइ छ । तर यसरी नोक्सान नै हुनेगरी कम्पनीमा आन्दोलन हुँदा पनि व्यवस्थापन सटिक निष्कर्ष दिने वार्ताको लागि तयार भएको छैन । उद्योगमा रहेका तीन वटा ट्रेड युनियनले हड्ताल गरेका छन् ।
उद्योगले कुटपिट घटनामा संलग्न भएको आरोप लगाएर किशोरी राउत कुर्मी, बिरा राउत कुर्मी, रमेश राउत कुर्मी, जयप्रकाश प्रसाद कुर्मी, ढोडा राउत कुर्मी, रामनारायण प्रसाद कुर्मी, मुरारीप्रसाद यादव, रमेश राम, सुरेन्द्र मण्डल, महेन्द्रप्रसाद कुर्मी, दिनेशप्रसाद कुर्मी, दीपककुमार पटेल, र निरज बर्मालाई कम्पनीबाट निकालेको थियो । तर कर्मचारीले भने उद्योगका निर्दोष कर्मचारीलाई विनाकारण फसाएर निकालिएको बताएका छन् ।   अवकाश दिएको थियो ।
यो पनि पढ्नुहोस् 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK