
निर्वाचनको समयमा हालसम्म ४ जनाको मृत्यु भएको खुलासा भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएको जानकारी अनुसार हालसम्म निर्वाचनको समयमा ४ जनाको मृत्यु भएको हो । ढकालका अनुसार प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको हो ।
ढकालका अनुसार अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा भएको विस्फोटमा परि गम्भीर घाईते २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको गएराती निधन भएको हो भने रामेछापको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका शिक्षक गौतम गत आइतवारको निर्वाचन पश्चात् घर फर्किने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यता मुस्ताङको लोमान्थाङ गाउँपालिका २ छोसेरस्थित दिव्यदीप मावि मतदानस्थलमा खटिएका कार्यालय सहयोगी लेखनाथ निउरेको जोमसोम फर्कने क्रममा विरामी भएपछि उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ । यता संखुवासभा मादी नगरपालिका ८ मावादिनका मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको गत मंसिर ८ गते निधन भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्