×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले सुरु गर्यो प्लेटिनम क्रेडिट कार्ड शुरु, १० लाख रुपैयाँसम्मको क्रेडिट सुविधा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकले सुरु गर्यो प्लेटिनम क्रेडिट कार्ड शुरु, १० लाख रुपैयाँसम्मको क्रेडिट सुविधा !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनएमबि बैंकले भिसा प्लेटिनम क्रेडिट कार्ड शुरु गरेको छ। एनएमबि बैंक र भिसाले संयुक्त रुपमा उक्त कार्डको शुरुवात गरेका हुन् । यो शुरुवातसँगै एनएमबि बैंक नेपालमा भिसा प्लेटिनम क्रेडिट कार्डको सेवा प्रदान गर्ने दोस्रो बैंक बनेको छ ।
नयाँ वितरण गरिएको एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डमा ईएमभी चीप प्रविधि जडान गरिएको छ, जुन कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै कारोबारको प्रमाणिकता, छिटो उपलब्धता, अत्यन्त सुविधादायक र सुरक्षित कारोबारको माध्यमका लागि एक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको कम्पनीले जनाएको छ ।
‘हाम्रो उद्देश्य हाम्रा बैंकिंङ्ग सेवाहरुको पहुँच विस्तार गर्नु र धेरैभन्दा धेरै मानिसहरुलाई सर्वोत्कृष्ट वित्तिय समाधानहरु उपलब्ध गराउनु हो । यो कार्डले हाम्रा सेवाग्राहीहरुलाई एक उत्कृष्ट आर्थिक प्रणालीको एक हिस्सा हुनुको फाइदा र वास्तविक लाभको सुविधाको अनुभूति दिलाउनमा मद्दत गर्ने’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
कम्पनीका अनुसार यस क्रेडिट कार्डमा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अधिकतम क्रेडिट सुविधा दुई लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दिइने छ । 
साथै, प्रमुख व्यापारिक केन्द्रमा सामान खरीद गर्दा मात्र यसमा विशेष छुट र सहज कर्जा सुविधा लगायतका सुविधा दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड बैंकले प्रस्ताव गरेको व्यक्तिलाई मात्र उपलब्ध हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी