×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोलिसी करप्सनको उदांगो प्रमाण : राष्ट्र बैंकले ‘गति’ छाड्यो, ‘इन्सपेक्सन’ का लागि अव कुनैपनि बैंकमा नजाने !

PRIME CA
GLOBAL IME BANK

पोलिसी करप्सनको उदांगो प्रमाण : राष्ट्र बैंकले ‘गति’ छाड्यो, ‘इन्सपेक्सन’ का लागि अव कुनैपनि बैंकमा नजाने !

२ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- चोरलाई चावी भनेझैँ राष्ट्र बैंकले सुपरीवेक्षणका लागि कुनै पनि बैंकमा आफ्नो टिम नपठाउने भएको छ । नीति निर्देशन जारी गर्ने र पछि हट्ने ‘रोग’ लागिसकेको राष्ट्र बैंकमा चरम नीतिगत भ्रष्टाचारको उदांगो रुपका रुपमा यो पछिल्लो निर्णयलाई हेरिएको छ । राष्ट्र बैंकको  यो नियमसँगै अव बैंकमा अराजकताको पराकाष्टा नाग्ने निश्चित छ ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु बर्ष २८ वटा बैंकमध्ये १८ वटामा स्थलगत अध्ययन टोली पठाउने तालिका बनाएको छ । तर अव यो तालिकाको कुनै पनि तुक नहुने भएको छ । सुपरिवेक्षण समूह आएको खण्डमा थुप्रै ठाउँमा कैफियत देखिने भएपछि बैंकहरुको समूह मिलेर राष्ट्र बैंकलाई आफ्नो प्रभावमा पारेका छन्। राष्ट्र  बैंकको सुपरिवेक्षण समूहलाई के जवाफ दिने भन्दै बैंकले हत्तपत्त गल्ती गर्दैनथे । अव त ऋण दिने कुरामा बैंकले गल्ती मात्र  होइन ‘ब्लन्डर’ को नै चाङ बनाउने निश्चित छ ।
राष्ट्र बैंकको अनुगमन टोली नआउने निर्णयपछी बैंकिङ क्षेत्रका केहि ‘माफिया’हरु सलबलाएका छन् । अव विभिन्न बैंकमा मनलाग्दी रुपमा ऋण प्रवाह गर्ने लगायतका कामले प्रसय पाउने स्पष्ट छ । यहि काम गर्न बैंकिङ क्षेत्रका केहि माफियाहरुले राष्ट्र बैंकलाई प्रभावमा पारेर यो निर्यण गराएको चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा चल्न थालेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: