
नुवाकोट – निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा नुवाकोटको उत्तरी भेगमा रहेको फिकुरीमा कांग्रेस कार्यकर्ताहरुले वाम गठवन्धनका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेका छन् । आक्रमणमा परि तीन जना गम्भीर घाइते भएका छन् ।
आक्रमणमा परी वामगठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए । तीनै जनाको सदरमुकाममा विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरि कारवाही सुरु गरेको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले तथा माओवादी कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए ।
घटनामा संलग्न भएका तीन जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं. ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कारवाही सुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ।
कच्ची सडकमा लुकेर बसेका युवाहरुले आफुहरुलाई कांग्रेस कार्यकर्ता बताउँदै भिडन्तका लागि बाटोमा बसेको जनाउंदै अपशव्द प्रयोग गर्दै लाठीभाटालगायतले निर्घात कुटपिट गरेको अस्पतालमा उपचाररत घाइते माधव न्यौपानेले बताए । आक्रमणकारीले आफुहरुलाई मार्ने नियतले कुटपिट गरेको र आक्रमण गर्दैगर्दा पछि आफ्ना उम्मेदवारहरु चढेको गाडी आएपछि कुटपिट गर्न छाडेको बताए । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्