Skip to content
LAXMI SUNRISE BANK

केपी ओलीलाई चुनाव हराउन १७ वर्षे त्रिचन्द्रको प्राध्यापनबाट राजिनामा

अर्थ सरोकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा जिल्लाको क्षेत्र ५ बाट चुनाव लडे भएपछी उनीविरुद्ध नेपाली कांग्रेसका तर्फबाट प्रतिस्पर्धा गर्न विगत १७ वर्षदेखि त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेसा गर्दै आएका प्राध्यापकले राजिनामा दिएका छन्।
यसअघि केपी ओलीसंग प्रतिस्पर्धा गर्न तत्कालै कोही पनि नेताहरु अगाडी सरेका थिएनन, केही दिनदेखि कांग्रेसले पार्टीका युवा नेता विश्वप्रकाश शर्मालाई उठाउने निर्णय गरेको थियो । शर्मा स्वयम्ले पनि पार्टीले आफूलाई जहाँ पठाउँछ, त्यही उठ्न तयार रहेको बताउँदै आएका थिए । तर, बुधबार कांग्रेसको संसदीय समितिको बैठकले शर्मालाई झापा-१ बाट उठाउने निर्णय गरेको छ ।
यसबाहेक अरु कुनै नेताले पनि ओलीविरुद्ध चुनाव लड्ने साहस गरेका थिएनन,तर अन्तत सत्र वर्षदेखि त्रिचन्द्र क्याम्पसमा अध्यापन गर्दै आएका प्राध्यापक डा. खगेन्द्र अधिकारी कांग्रेसका तर्फबाट चुनाव लड्न तयार भएका छन् । पार्टीका तर्फाबाट अधिकारीले टिकट पाउने निश्चित भएसंगै उनले आफ्नो जागिरबाट राजिनामा दिइसकेका छन् ।
केपी ओली आफूसँग चुनाव हार्ने अधिकारीले दाबी गरे । विहीबार मनोनयन दर्ताका लागि बुधबार राति बिराटनगर पुगेका अधिकारीले भने- ‘म पूर्ण आत्मविश्वासका साथ केपी ओलीसँग चुनाव लड्न गइरहेको छु, मलाई चुनाव जित्नेमा पूर्ण विश्वास छ।’ अधिकारीले आफु यसअघि सरकारको नोकर भएको र अब अनाताको लागि काम गर्न जनताको नोकर हुने बताए । – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK