×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमिसनको कुरा नमिल्दा अनलाइनको काम सुरु नै नभएको खुलासा ! वाईको र नेप्से दुवै झुटको खेती गर्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कमिसनको कुरा नमिल्दा अनलाइनको काम सुरु नै नभएको खुलासा ! वाईको र नेप्से दुवै झुटको खेती गर्दै !

२२ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यसअघि २०७४ साल कार्तिक २१ गते अनलाइन ल्याउने भनेर नेप्सेले बिज्ञप्ति जारी गर्दापनि कमिसनको कुरा नमिल्दा वाइकोले काम नै सुरु गरेको थिएन । कम्पनीले विभिन्न लगानीकर्ताका संगठनहरु र आम लगानीकर्ताको आँखामा छारो हाल्दै डेमोको नाममा नाटक समेत गरेको थियो । कम्पनीले अनलाइनको डेमो भन्दै अनलाइन कसरी बनाउने भन्ने ‘फ्लोचार्ट’ मात्र प्रस्तुत गर्दा डेमो स्थलमै लगानीकर्ता र वाईकोका प्रतिनिधिबीच भनाभन भएको थियो । कार्तिक २१ गतेदेखि अनलाइन ल्याउने भनेर तत्कालीन नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले पुन: नेप्सेको महाप्रबन्धक हुन बार्गेनिङ गरेका थिए । तर यसलाई लगानीकर्ताहरुले पत्याईदिए । अहिले वाईकोले नै केहि खर्च गरेर नेप्सेको महाप्रबन्धक बनाएका चन्द्र साउदसँग पनि कमिसनको कुरा पुन: नमिल्दा काम सुरु नभएको नेप्से स्रोतको दावी छ ।
झन्डै ४ करोडमा बन्ने सफ्टवेरलाई १४ करोड खर्च गरीसकिएको छ । स्रोतका अनुसार साउदले आफु नेप्सेको महाप्रबन्धक हुन लागेको खर्च सबै उठाउन माग गरेका छन् भने वाईकोले केहि रकम अघिल्लो नेतृत्वलाई समेत बाँडीसकेकोले कमिसन कम गराउन दवाव दिइरहेका छन् । यहि विषयलाई लिएर वाईको र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाको ‘मनि मुभमेन्ट’ छानविन होस् भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।
सुरु नै भएको छैन काम, सुरु गरे ४ महिनामै बन्छ !
यसो त अनलाइनको काम नै सुरु भएको छैन । कमिसनको कुरा मिलेको खण्डमा मङ्सिरबाट काम सुरु भयो भने पनि फाल्गुनमा अनलाइन प्रणाली बनिसक्ने वाईकोकै कर्मचारीहरुकै दावी छ । तर कम्पनी र नेप्सेका महाप्रबन्धकबीच पैसाको चलखेल हुँदा अनलाइन प्रणाली बन्न सकेको छैन । यो बीचमा नेप्सेमा महाप्रबन्धक नभएको लगायतका कारणहरु देखाउंदै नेप्सेले जेठमा अनलाइन प्रणाली सुरु गर्ने बताएको छ । तर चन्द्र साउद र वाईको बीच कमिसनको कुरा नमिले अनलाइन जेठमा पनि नआउने पक्कापक्की छ । तर नेप्सेले विज्ञप्तिनै जारी गरेर जनतालाई ढाँटने काम गरेको छ । विचरा सोझा लगानीकर्ताहरुले नपत्याउने कुरै भएन, पत्याउनूको विकल्प पनि छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी