Skip to content
LAXMI SUNRISE BANK

१० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

अर्थ सरोकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन् ।
मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
दुबै जनालाई रकम बुझिसकेपछि फुडल्याण्डकै रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा राति ८ बजे अख्तियार टोलीले पक्राउ गरेको हो । घटनामा अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK