
चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताएका छन। चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको हो दाहालले भने ।
अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गरे।
बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम भएको बताए ।अध्यक्ष दाहालले नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको छ भन्दै यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गरे ।
पश्चिम चितवनको गीतानगरस्थित बिपी चोकमा भएको सो कार्यक्रममा उहाँले नेपालकै राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने पनि बताउनुभयो । काँग्रेसका केही पुराना नेताको नाम लिँदै उहाँले उहाँहरुको राजनीतिक त्यागको प्रशंसा पनि गरे ।अध्यक्ष दाहालले अबको निर्वाचनमा कसैले पैसाको भरमा निर्वाचन जित्छु भन्ने ठान्छ भने त्यो दिवा सपना वाहेक केहि होइन दाहालले भने । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्