
धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफू नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
बिहीबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेका बेला देउवाले आफू ७ पटकसम्म प्रधानमन्त्री हुने बताएका हुन् ।
‘अन्तिम प्रधानमन्त्री’ भन्ने केपी ओलीको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने– ‘कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ।’
कांग्रेस सभापति देउवा हाल चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा छन् । सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबीसमेत देउवाले गरे ।
डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको भन्दै देउवाले सुदुर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा छन् ।
‘जनताले निर्धक्क भएर स्वविवेकीय अधिकार पाउन् भन्ने हिसाबले सुरक्षाको अत्यन्तै राम्रो व्यवस्था मिलाइएको छ,’ देउवाले भने, ‘जनताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । आफ्नो मत प्रयोग गरेर निर्वाचनलाई सफल पार्न म हार्दिक अपील गर्दछु ।’ – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्