×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोट माग्न अाएका काँग्रेस नेता थापालाई एक युवाले यस्तो प्रश्न गरेपछि मन्च छोडेर भागे !

LAXMI SUNRISE BANK

भोट माग्न अाएका काँग्रेस नेता थापालाई एक युवाले यस्तो प्रश्न गरेपछि मन्च छोडेर भागे !

१८ कार्तिक २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • आश तमु
काँग्रेस नेता तथा कानुनमन्त्री यज्ञ बहादुर थापा भाषण गर्दागर्दै कुलेलाम ठोकेका छन् । पोखरा लेखनाथ उपमहानगर पालिका वडा न: १० स्थित वडा प्रहरी कार्यालय नजिकै दिपेस मोटो वर्कसपले आयोजना गरेको दोर्सो एकता टोल विविध सांस्कृतिक कार्यक्रममा प्रमुख अथिति बनेर आएका थापा एक युवाको प्रश्न सुनेपछि फटाफट आफ्नो बाटो लागे ।
प्रमुख अतिथिको मन्तव्य राख्दै गर्दा दर्शक वीचवाट एक युवाले ठुलो आवाजमा जोरले प्रश्न गर्दै भने-“के नेपाली काङ्ग्रेसले चुनाव जिते नेपाली युवालाई रोजगार दिन सक्छ ? अहिले सम्म के गरेका बसेका छौ ? पहिला पनि जितेका नै थियौ त ?! ”
प्रतिनिधि सभाबाट उम्मेद्वारी दिएका थापाले भाषण गर्दै भाेट मागिरहेका बेला दर्शकदिर्घाबाट अाएका थी तीन प्रश्नहरूकाे उत्तर दिने हिम्मत गर्न सकेनन् । उनलार्इ लेखनाथ उपमहानगरकै काँग्रेस समर्थक भेष थापाले प्रश्न गरेका थिए ।
निकै आक्रोशित मुद्रा देखिएका भेष नेताप्रति आक्रामक देखिएका थिए । विकासका काम नगर्ने तर कुरा र भाषणले मात्रै नेता बन्ने भन्दै उनि आक्रोशित बनेका हुन् । चुनावको बेला मात्र भोट माग्नको लागि झुटाे आश्वासन नबाड भन्दै उनि उफ्रीएपछि स्थिति एकछिन तनावग्रस्त बनेको थियो । तर सुरक्षाकर्मीहरुले उसलाई सम्झाए पछि स्थिति सहज बन्यो।
यता मन्चमा आफ्नो भाषण अधुरै छोडेर मन्त्री थापा भने अक्क न बक्क परे । सुरक्षाकर्मीको इसारापछि मन्त्री थापाले साझको बेला मनोरञ्जनात्मक कार्यक्रममा भाषण धेरै गर्नु हुदैन भन्दै मन्चबाट एकाएक बाहिरिए । दर्शक भने हेरेको हेरेइ भए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी