
काठमाडौं – पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि बाँकी रहेकाे घरदैलो र चुनावी अभियानमा र सहभागी हुने भएका छन् । चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।
छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् । निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्