
चितवन – चुनावमा बाहेक अरु समयमा आफ्नो नाकमुख नदेखाउने भन्दै चितवनका मतदाता प्रचण्डदेखि निराश बनेका छन् ।
भोट माग्न घरदैलो अभियानमा जोडतोडले लागेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचनमा आफुलाई जिताउन आग्रह गरेपछि मतदाता निराश बनेका हुन् ।
बाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका दाहालले शुक्रबार त्यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त गरे । अहिलेसम्म जसलाई जिताएपनि स्थानीय जनताहरुका समस्या समाधानका लागि कसैले पनि खासै पहलकदमी नलिएको गुनासो मतदाताहरुको थियो ।
तर प्रचण्डले भने आफ्नो उम्मेदवारी राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको भन्दै मतदाता रिझाउने कोशिस गरे । उनले ठिक त्यहिबेला बाम गठबन्धनको कुरा निकाल्दै भने- ‘यसैका लागि नै बाम गठबन्धन गरिएको हो ।’
शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियानका क्रममा प्रचण्डले जनताले विकास चाहेकोले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे । तर कुराभन्दा पनि काम गरेर देखाउने नेतालाई मात्र आफुहरुले पत्याउने मतदाताहरुको भनाई थियो ।
घरदैलोका क्रममा स्थानीय मतदाताहरुले प्रतिबद्धता पूरा गर्न र बाटोघाटोको व्यवस्थापन तथा विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका प्रचण्डलाई मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गरिन् ।
आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । बाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।
यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्