×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मलाइ त पुरुषभन्दा महिला बढी भरपर्दा लाग्छन्’ : प्रचण्ड

LAXMI SUNRISE BANK

‘मलाइ त पुरुषभन्दा महिला बढी भरपर्दा लाग्छन्’ : प्रचण्ड

२१ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई महिलामाथि बढी भरोसा हुने गरेको बताएका छन् ।
बाम गठबन्धनले सोमबार भरतपुरमा गरेको गठबन्धन आवद्ध अगुवा महिलाहरुको भेलामा चितवन–३ का उम्मेदवारसमेत रहेका उनले गठबन्धनको जितमा महिलाहरुको निर्णायक भूमिका हुने उल्लेख गरे ।
‘महिलाको भूमिका गठबन्धनलाई जिताउन महत्वपूर्ण छ’, उनले भने, ‘महिलाहरु बढी भरपर्दा हुन्छन् ।’ प्रचण्डले निर्वाचनलाई महिला अधिकार स्थापित गराउन महत्वपूर्ण अवसर भएको बताए । उनले अधिकारका लागि महिला सचेत हुनुपर्नेमा जोड दिए ।
बाम गठबन्धनले महिलालाई प्रत्यक्षमा कम उम्मेदवार उठाएकोबारे सोधिएको प्रश्नमा उनले समानुपातिक प्रणालीबाट भए पनि संवैधानिक व्यवस्थाअनुसार संसदमा महिलाको उपस्थिति सुनिश्चित गरिने उल्लेख गरे ।
उनले निर्वाचनका लागि मात्र नभई पार्टी एकता गर्ने उद्देश्यका साथ एमाले–माओवादी गठबन्धन गरिएको स्पष्ट गरे ।
छलफलका क्रममा महिलाले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम सिट दिएको विषयमा प्रश्न राखेका थिए । महिलाको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले समानुपातिक तथा मनोनयनमा भए पनि संविधानअनुसार अधिकार दिइने आश्वासन दिए ।
उनले महिलाको प्रतिनिधित्वका बारेमा सबै व्यवस्थापन हुने आश्वासन दिएको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका सदस्य संगीता भट्टराईले जानकारी दिइन । उनका अनुसार यही कात्तिक २३ गते जिल्लमाा महिलाको बृहत् भेलाको आयोजना गरिएको छ ।
यही कात्तिक १६ गते उम्मेदवारी दिएपछि चुनावी प्रचार अभियानमा लाग्नुभएका दाहाल आज पहिलो चरणको चुनावी अभियान सकेर राजधानी फर्कने छन ।
यस्तै नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पूर्वी चितवनमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिने बताएका छन् ।
पूर्वी चितवनस्थित रत्ननगरको बकुलहरमा आज निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले भरतपुर मेडिकल सिटीका रुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत सुविधा हुने गरी एकसय श्ययाको बाल अस्पताल निर्माण अगाडि बढिसकेको बताए ।
पूर्वअर्थमन्त्री पाण्डेले बाल अस्पतालका लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिए । मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजना पर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार दावा दोर्जे लामाले प्रदेशसभाका जनताको मागअनुसार विकास निर्माणको काम गरिने बताए । प्रदेशसभा १ (ख)का उम्मेदवार कृष्ण खनालले प्राथमिकताका आधारमा आफ्नो क्षेत्रमा विकास निर्माणका काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी