
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको संरक्षणमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले माओवादी उम्मेदवारहरुलाई आक्रमण गरेको आरोप लगाएका छन् । आक्रमणकारीलाई प्रहरीले पक्रिँदा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एवम् रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ति निकालेकाले यसको पुष्टि हुने प्रचण्डको दावी छ ।
सोमबार बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हतियारसहित गिरफ्तार भए, विप्लवसँग सम्वन्धित मान्छेहरु । अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ त्यहीँ रोल्पाको । उहाँले वक्तव्य निकालेर छोड्देऊ तिनीहरुलाई भन्नुभयो भनेपछि प्रष्टै देखियो नि त । तालमेल भएछ लोकल कांग्रेसको ।’
रोल्पा कांग्रेसका सभापति अमरसिंह पुन हाल सिँचाइ राज्यमन्त्री छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’सँग चुनावी प्रतिस्पर्धामा छन् ।
रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो भने आइतबार ढुंगा थुपारेर बाटो अवरुद्ध गर्दै गोली प्रहार गरिएको थियो ।
वाम गठबन्धनका उम्मेदवारलाई आक्रमण गर्ने र चुनाव बिथोल्ने कांग्रेसको केन्द्रीय नीति नै भएको निष्कर्ष भने आफूहरुको नभएको प्रचण्डले स्पष्ट पारे ।
उनले यस्ता गतिविधि रोक्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव समेत दिए । प्रचण्डले भने, ‘यो कांग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप मेरो होइन । तर एउटा मन्त्रीले यसो गरेको हुनाले मेरो प्रधानमन्त्रीसँग भनाइ के छ भने यसलाई कन्ट्रोल गर्नुस् । यसले कांग्रेसलाई झन् नराम्रो गर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्