×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गठबन्धनलाई भक्तपुरबाट खेद्न नेमकिपाका नेताले यसो भने

PRIME CA
GLOBAL IME BANK

गठबन्धनलाई भक्तपुरबाट खेद्न नेमकिपाका नेताले यसो भने

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताएका छन् ।

सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताएका हुन् ।
अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत छैन भने ।
सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उनले भने, ‘उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक छ ।’
नेता सुवालले आफ्नो पार्टीले सडक र सदन दुबैमा संघर्ष गरी जनताको पक्षमा नीति बनाउन पहल गरेकाले मत दिएर सघाउनुपर्नेमा जोड दिए ।
भेलामा प्रदेशसभा १ चाँगुनारायणका उम्मेदवार नीरज लवजूले देशलाई अफ्ठ्यारो परेको बेलामा एमाले, काँग्रेस र माओवादीका नेताले केही बोल्न नसकेकाले ती दललाई मत दिन नहुने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: