
काठमाडौँ – सरकारले गत हप्ता बढुवा सिफारिशमा परेका चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डीआईजीहरु मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवाको निर्णय गर्दै पदस्थापन गरेको छ ।
त्यस्तै, ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी विजय भट्टको सरुवा गरेको छ । गृह मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा एआईजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआईजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, एआईजी श्रेष्ठलाई कार्य विभाग, पाललाई मानवस्रोत व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ । अवधि नपुगी बीचमै तानिएका एआईजी भट्टलाई प्रहरी महानिरीक्षकको सचिवालय र लामालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको उच्च स्रोतको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्