×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुरुषले नै हाले, महिलाले दिनै पाएनन् मत, घरबाट आफैं मत हाल्छु भनेर गएका महिलाहरु निराश भएर फर्के !

PRIME CA
GLOBAL IME BANK

पुरुषले नै हाले, महिलाले दिनै पाएनन् मत, घरबाट आफैं मत हाल्छु भनेर गएका महिलाहरु निराश भएर फर्के !

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जयपृथ्वी नगरपालिका ११ की पानसा सिंह ५५ बर्षकी भईन् । अहिलेसम्म मत हालेकी छैनन् । उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार घरबाट निस्किदै गर्दा सोचिन्, यसपल्ट त आफै भोट हाल्छु । मदतान केन्द्रमा आईपुग्ना सिथती अर्कै भईदियो ।
एक व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् । 
‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ जयपृथ्वी नगरपालिका–१ की पानसरा सिंहले भनिन, ‘तपाईं बिगार्नु हुन्छ । बिग्रियो भने वर्बाद हुन्छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’ 
आजसम्म कहिले पनि मत नहालेको बताउने ५५ वर्षीया उनको यसपाला आफ्ना मत छिमेकी भतिजाले हालिदिएको बताइन् । 
सुरुमा आफ्नो मत आफै हाल्नुपर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि १० बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्काेलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका १ का कृष्ण विकले बताए । ‘१०–१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन्,’ उनले भने, ‘धेरैजसो महिलाहरु आफै हाल्न सक्दैनौं भन्न थाले । उनीहरुको मत अरुले हालिदिए ।’
महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्लाभरका मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको त्यहाँका स्थानीय तेजबहादुर बोहराले कान्तिपुरलाई बताए ।
उनले भने, ‘२०–२५ वर्षका महिलालाई पनि आँखा देख्दिन । हात कांप्छ भनेर भन्नु भनेर पहिले नै सिकाए । एक–दुई जना महिलाको मत अरुले हाल्ने वित्तिकै त नियमै जस्तो भैहाल्यो ।’यो खबर आजको कान्तिपुरमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: