Skip to content

भारतसँग बदला लिने चेतावनी दिदै ‘रअ’ प्रमुख जोहरीलाई राजेन्द्र महतोले थर्काए

Dish Home

अर्थ सरोकार

भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ ‘रअ’का नेपाल स्टेशसन चिफ विवेक जोहोरी र राजपा नेपालका नेता राजेन्द्र महतोबीच भनाभन भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका ‘रअ’ चिफ जोहोरीले विमलेन्द्र निधिको क्षेत्रमा दुई नेताबीच हुन लागेको प्रतिस्पर्धाबारे चासो देखाएका थिए ।
देउवाले ‘रअ’का नेपाल प्रमुखलाई राजापा र कांग्रेसबीच भइरहेको सहमतिबारे कुराकानी गरेका थिए । साेहि विषयलार्इ लिएर महतोबारे साेधिखाेजि गरेपछि उनलेले जोहरीले थर्काएको स्रोतको भनाई छ ।
देउवाले बालुवाटारमा वार्ताका लागि बोलाउँदा महतो नआएको गुनासो गर्दै वार्ताको वातावरण बनाइदिन समेत जोहोरीलाई आग्रह गरेका थिए।
त्यस लगत्तै भारतीय दूतावासबाट राजपा नेताहरूलाई फोन आउन सुरु भएको थियो । प्रधानमन्त्री देउवाको फोन रिसिभ नगरेका नेता महतोले भारतीय दूतावासबाट आएको फोन भने उठाए ।
तर, धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ महतोले दिए । दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरूलाई फोन गएपछि उनीहरू वार्ताका लागि तयार भएको राजपाका एक नेताले बताए ।
दूतावासको फोनपछि आन्तरिक रुपमा उम्मेदवार छनौट गरिरहेका राजपा नेताहरूलाई वार्तामा बसेर कांग्रेससँग तालमेल गर्न दवाब बढ्यो । त्यो दवाब राजेन्द्र महतोलाई पनि दिइएको थियो । महतोले बालुवाटार बैठक अस्वीकार गरिदिए । उनी बुधबार राति प्रधानमन्त्री निवासै गएनन् ।
स्रोतका अनुसार राजेन्द्र महतोले भारतले भनेको सधै आफूले मानेको तर यसपटकट विमलेन्द्र निधि वा अमरेशकुमार सिंहमध्ये एउटालाई आफूले सिध्याउने बताएका थिए । ‘रअ’ प्रमुख जोहरीसँग महताले यस्तै खिचलोको अवस्था रह्यो भने भारतसँगको सम्बन्ध तोड्ने र बदलाल लिनेसम्मको चेतावनी दिएको स्रोतको भनाइ छ ।
बालुवाटारमा यसअघि बुधबार बिहान राजपा र कांग्रेसबीच बारा ३, ४ र सिराहा १ कांग्रेसले छोड्ने सहमति बनिसकेको थियो । सिराहा १ बाट कांग्रेसका प्रदीप गिरि उम्मेदवार बन्दैछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्